चीनबाट आइपुग्यो भेन्टिलेटर र अक्सिजन सिलिन्डर

संवाददाता
२८ बैशाख २०७८, मंगलवार १९:५१

काठमाडौं \ चीनले नेपाललाई दिएको स्वास्थ्य सामग्री मंगलबार काठमाडौं आइपुगेको छ । चीनबाट आएको स्वास्थ्य सामग्रीमा अक्सिजन सिलिन्डर र भेन्टिलेटर लगायत छन् । चिनियाँ दूतावासले दिएको दिएको जानकारी अनुसार मंगलबार अपरान्ह नेपाल वायु सेवाको विमानले स्वास्थ्य सामग्रीहरु काठमाडौं ल्याइपुर्‍याएको हो ।

चीनले उपलब्ध गराएको स्वास्थ्य सामग्रीमा  १० वटा भेन्टिलेटर मेसिन, ४०० थान अक्सिजन सिलिन्डर लगायत छन् । चिनियाँ कम्पनी होङ्सी सिमेन्टका तर्फबाट नेपाललाई यी सामग्रीहरु अनुदान दिइएको दूतावासले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*