बागमती किनारमा संक्रमितका शव जलाउन थालियो

संवाददाता
२१ बैशाख २०७८, मंगलवार ०९:३७

काठमाडौं \ कोरोना भाइरसको दोस्रो लहर तीव्र भएसँगै पशुपति क्षेत्रस्थित विद्युतीय शवदाह गृहमा सङ्क्रमण भई निधन भएकाको शव आउने क्रम बढ्न थालेको छ।

कोरोना सङ्क्रमण भई निधन भएका दैनिक सरदर ३० को हाराहारीमा शव आउन थालेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए। विद्युतीय शवदाह गृहमा तीनवटा शवदाह यन्त्र छन्। यी यन्त्रले नभ्याएपछि हाल बागमती किनारमा पनि सङ्क्रमण भई निधन भएकाको शवदाह हुन थालेको छ।

सङ्क्रमण भई निधन भएकाको चाप विद्युतीय शवदाह गृहमा बढ्न थालेपछि पाँच वटा यन्त्र दाउराबाट जलाउन मिल्ने गरी थप्न लागिएको कोषले जनाएको छ। यी यन्त्र यसै हप्ता तयार भइसक्ने जनाइएको छ। गत वर्ष जेठ पहिलो सातापछि कोरोना सङ्क्रमण भई निधन भएकाको शव विद्युतीय शवदाह गृहमा आउन थालेको थियो। गत वर्ष धेरै शव आएका दिन १५ वटासम्म आउने गरेको थियो।

यसवर्ष कोरोनाबाट मृत्यु हुनेको दर बढेकाले पशुपतिमा शव आउने क्रम पनि बढेको हो। विद्युतीय शवदाह गृहको एउटा यन्त्र दुई दिनअघिदेखि बिग्रिएका कारण पनि कोरोनाबाट मृत्यु भएकाको शव बागमती किनारका अन्य स्थानमा जलाउनु परेको कोषका प्रशासकीय अधिकृत कुमार थापाले जानकारी दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*