वायु प्रदुषण मापन र असर नियन्त्रण गर्ने अभियान सुरु

संवाददाता
४ बैशाख २०७८, शनिबार २०:२८

बागमती युनेस्को क्लबले काठमाडौं इन्ष्टिच्युट अफ अप्लाईड साइन्सेस सँगको सहकार्य गरी हेटौंडा उपमहनगर वडा नम्बर ८ मा आवस्थित औद्योगिक क्षेत्रको वायु प्रदुषण मापन र प्रदुषणले स्वास्थ्य हुने असर नियन्त्रण गर्ने अभियानको शुक्रबार विधिवत रुपमा सुरुवात गरिएको छ ।

बागमती युनेस्को क्लबका अध्यक्ष निश्चल बानियाँको अध्यक्षता तथा हेटौंडा उपमहनगरका मेयर हरीबहादुर महतको प्रमुख अतिथ्यतमा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमा भएको स्टेटहोल्डर मिटिङ अन करेन्ट सिनारियो अफ एयर पोलुसन इन नेपाल विषयक छलफल गरिएको थियो ।

कार्यक्रममा युनेस्को सघं संस्थान तथा क्लबहरुको राष्ट्रिय महसघंका अध्यक्ष्य आनन्दराज त्रिपाठी, काठमाडौं इन्ष्टिच्युट अफ अप्लाईड साइन्सेसका वैज्ञानिक डा हेमु काफ्ले र उनको टोली, युनेस्को सघं संस्थान तथा क्लबहरुको राष्ट्रिय कोषाध्यक्ष्य राज कुमार केसी, औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख राजेन्द्र कडेल, उद्योग सघं मकवानपुरका वरिष्ठ उपाध्यक्ष्य स्वागत प्याखुरेल, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय बागमती प्रदेशका वातावरण शाखा प्रमुख सन्जिव सुवेदी, नेपाल पत्रकार महासघं मकवान्पुरका अध्यक्ष्य मणिराज गौतम लगायतको उपस्थिती रहेको थियो ।

उक्त छलफलमा क्रममा हेटौंडामा मेट्रोलोजिकल स्टेशनको स्थापना गर्ने, औद्योगिक क्षेत्रमा वायु गुणवत्ता अनुसन्धान गर्ने, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका उद्योग सम्बन्धित वायु गुणवत्ताका नीति नियम सम्बन्धित जनसमुदायमा चेतना, उद्योगपतिहरुमा चेतना जस्ता धेरै महत्वपूर्ण विषयहरुमा छलफल भई सम्पुर्ण सरोकारवालाहरुको संयुक्त प्रतिवद्धताले वायुप्रदुषण र त्यसका प्रकोपहरु नियन्त्रण गर्न आवश्यक कदमहरु यथाशिघ्र चल्ने निर्णयहरु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*