महिला मिलनको स्थापना दिवसमा सम्मान र सहयोग

संवाददाता
४ बैशाख २०७८, शनिबार १७:४२

खबरबाकस \  हेटौंडा उपमहानगर वडा नम्बर १३ मा रहेको महिला मिलन बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो स्थापना दिवसको अवसरमा सम्मान तथा सहयोग गरि मनाएको छ ।

शनिबार संस्था स्थापना भएको २१ औं स्थापना दिवसमा सडक बालबालिका संरक्षण गर्दै आइरहेको हेटौंडा ११ डाङ्डुङेमा अवस्थित मामाघर नेपाललाई खाद्यान्न खरिदका लागि संस्थाले नगद दश हजार सहयोग गरेको छ । संस्थाका अध्यक्ष विष्णुमाया लामाले मामाघर नेपालका संरक्षक अर्पण पराजुलीलाई रकम हस्तान्तरण गरेकी थिइन् ।

No description available.

संस्थाले दिवसकै अवसरमा सर्वोत्कृष्ट बचतकर्ता, सफल व्यवसायी, छात्रवृति र संस्थापक अध्यक्षलाई सम्मान गरेको छ । जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कल्पना श्रेष्ठको प्रमुख अतिथ्यता तथा हेटौंडा १२का वडा अध्यक्ष ललितकुमार घलान, १३ का अध्यक्ष मनोज कुमार वाईबाको विशेष अतिथ्यतामा सम्मान कार्यक्रम गरिएको थियो ।
संस्थाले सर्वोत्कृष्ट बचतकर्ता सविका थापा, मिना थोकर, अन्जना रुम्बा, लक्ष्मी तामाङ र रिताकुमारी पौडेललाई प्रमाण,दोसल्लाले सम्मान गरिएको थियो । त्यस्तै, सहकारीबाट कर्जालिएर सफल व्यवसायी बन्न सफल डोल्मोमाया मोक्तान, रोशनी श्रेष्ठ, कल्पना थापा,, कृष्णमाया राना र दर्जिमाया जिम्बालाई सम्मान गरिएको थियो । स्थापना दिवसकै अवसरमा संस्थाका संस्थापक अध्यक्ष सुकुमाया थिङलाई सम्मान गरिएको थियो ।

No description available.

सहकारीले सञ्चालन गरिएको २० समूहका किशोरी समूहलाई ५६ थान सहकारी संस्थाको पोशाक वितरण गरिएको थियो । उच्चशिक्षाका लागि बबिता राई र अजिनामाया दोङलाई जनही पाँच हजार नगद छात्रवृति प्रदान गरिएको छ ।
कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष लक्ष्मी थिङ,संस्थाका तदर्थ समितिका अध्यक्ष राममाया घिसिङ, लेखा समिति संयोजक शान्तीमाया हिम्डुङ पत्रकार श्रीराम अर्जुन लगायतको अतिथ्यता रहेको थियो । कार्यक्रममा संस्थाका व्यवस्थापक फुलमाया मोक्तानले चैत्र मसान्त सम्मको आर्थिक कारोबारको विवरण प्रस्तुत गरेकी थिइन् । ४ करोड ९२ लाख ९१ हजार ९ सय शेयरपुजीँ रहेको संस्थामा ५ हजार २८ जना शेयर सदस्य रहेका छन् ।

५६ करोड ३३ लाख ८० हजार ८८१ कारोबार गरेको संस्थाले ४६ करोड ५८ लाख ६३ हजार ८८२ शेयर सदस्यलाई लगानी गरेको व्यवस्थापक मोक्तानले बताईन् । संस्थामा ३९ करोड १८ लाख ३ हजार ११८ बचत निक्षेप रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*