अवरोधपछि बागमती प्रदेशसभा स्थगित

संवाददाता
२ बैशाख २०७८, बिहीबार १९:३८

हेटौंडा \  प्रमुख प्रतिपक्षि दल नेकपा माओवादीले अवरोध गरेपछि बागमती प्रदेशको प्रदेशसभा बैठक स्थगित भएको छ । माओवादी केन्द्रका सांसदहरुले विद्युतीय बस खरिद गर्नु अघि चार्जिङ सेन्टर लगायतका पूर्वाधार निर्माण हुनुपर्ने लगायतका विषयमा सरकारको जवाफ मागेपनि चित्त बुझ्दो जवाफ नआएको भन्दै संसद बैठक अवरुद्ध गरेका हुन् ।

सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ मूख्यमन्त्री डोरमणि पौडेलको तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयालले दिएपछि सांसद बुद्धिमान माझीले सरकारलाई रचनात्मक सुझाव दिंदा पनि सरकार निरंकुश ढंगबाट चल्न खोजेको बताएका थिए ।

त्यसलगतै माओवादीका सांसदहरु उठेर संसद अवरुद्ध गरेका थिए । सभामुख सानुकुमार श्रेष्ठले बस्नका लागि अनुरोध गरेपनि माओवादी संसदले अवरोध कायमै राखेपछि श्रेष्ठले बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको जानकारी दिए । यसअघि, नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, विवेकशिलका रमेश पौड्याल, नेमकिपाका सुरेन्द्रराज गोसाई, राप्रपाकी रिता माझी, रिना गुरुङले सरकारको कामको चर्को विरोध गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*