स्थापना दिवसमा सेवा केन्द्र सञ्चालन

संवाददाता
२ बैशाख २०७८, बिहीबार १९:१८

हेटौंडा उपमहानगर वडा नम्बर १२मा रहेको महिला सेवा बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो स्थापना दिवसको अवसर पारेर पदमपोखरी सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । विहीबार एक कार्यक्रमको आयोजना गरी हेटौंडा उपमहानगरकी उपप्रमुख मिना कुमारी लामाले सेवा केन्द्रको उद्घाटन गरेकी थिइन् ।

हेटौंडा १३ पदमपोखरी बजारको चोकमा सेवा केन्द्र सञ्चालन गरिएको हो । संस्थाका अध्यक्ष यसोदा पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा संस्था स्थापना भएको २१ औं स्थापना दिवसको अवसरमा सेवा केन्द्र सञ्चालन गरिएको जनाइएको छ ।

No description available.

कार्यक्रममा वडा नम्बर १२ का अध्यक्ष ललित कुमार घलान, वडा १३ का अध्यक्ष मनोज कुमार वाईवा, जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष मिना चौरेल, कार्यपालिका सदस्य रुक्मणि गोङ्वा, हेटौंडा उपमहानगर आर्थिक विकास महाशाखा प्रमुख गंगा चौलागाई, लेखा समिति संयोजक अचला शर्मा लगायत समितिका पदाधिकारी, कर्मचारी र शेयर सदस्यको उपस्थिती रहेको थियो ।

स्थापना दिवसको अवसरमा संस्थाले जेष्ठ शेयर सदस्य चेतकुमारी खनाल, औरमाया गौतम, कान्छीमाया स्याङ्तान, झमकुमारी पुलामी, ठुलीमाया बललाई सम्मान गरेको थियो । त्यस्तै, एकल महिला ठुलीमाया राना, तुलसा आचार्य, साईलीमाया थोकर, तुलसी चौलागाई, कान्छीमाया थोकरलाई सम्मान गरिएको थियो भने बाल बचत कर्ता शुसिल थोकर र रोजन थिङलाई पुरस्कृत गरिएको थियो ।

सहकारीले हालसम्म २४ करोड २२ लाख कारोबार गरेको छ भने २२ करोड आफ्ना शेयर सदस्यलाई लगानी गरेको छ । २ करोड २२ लाख शेयरपुजीँ र १४ करोड बचत निक्षेप रहेको संस्थाका व्यवस्थापक सुशिला वाईवाले बताइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*