मकवानपुरबाट २३ किलो गाँजासहित तीन जना पक्राउ

संवाददाता
२ बैशाख २०७८, बिहीबार १८:४२

जिल्ला प्रहरी कार्यालय मकवानपुरले २३ किलो अवैध लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंँडा उपमहानगरपालिका वडा नम्बर ११ बस्ने ४० वर्षीय चतुरमान मोक्तान, राक्सिराङ गाउँपालिका वडा नम्बर १ बस्ने ४७ वर्षीया निर्मला तामाङ र ४७ वर्षीया मायाँ तामाङ रहेका छन् ।

उनीहरुलाई हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ स्थित पूर्व–पश्चिम लोकमार्ग सडकखण्डमा ना १ ह ९०९९ नं. को अटोलाई रोकी चेकजाँच गर्ने क्रममा अटोमा लुकाई ल्याएको दुई वटा पोकामा २३ किलो गाँजा फेला परेपछि अटो चालक हेटौँडाका मोक्तान, अटोमा सवार राक्सिराङकी निर्मला तामाङ र मायाँ तामाङलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए ।

उनीहरुलाई जिल्ला अदालत मकवानपुरबाट लागू औषध मुद्धामा म्याद थप गरी आवश्यक अनुसन्धान भैरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*