आईपीएल : बेङ्ग्लाेरसँग हैदराबाद ६ रनले पराजित

संवाददाता
२ बैशाख २०७८, बिहीबार ०८:०५

काठमाण्डाै \  इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएल अन्तर्गत गएराति भएकाे खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लाेर विजयी भएको छ  ।  चेन्नईमा भएको खेलमा सनराइजर्स हैदराबादलाई ६ रनले हराउँदै बेङ्ग्लाेरले लगातार दोस्रो जित निकालेको हो ।

बेङ्ग्लाेरले दिएको १ सय ५० रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेङ्ग्लाेरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो । जितसँगै बेङ्ग्लाेर लिगको शीर्ष स्थानमा उक्लिएको छ । बेङ्ग्लाेरले २ खेलमा ४ अङ्क जोडेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*