सडक दुर्घटनामा परि मकवानपुरगढीका खड्काको मृत्यु

संवाददाता
२२ चैत्र २०७७, आईतवार ०७:५८

त्रिभुवन राजपथ अन्तर्गत भिमफेदी गाउँपालिका वडा नम्बर १ सानुटारमा ट्रक र मोटरसाइकल ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

शनिबार राति भैसैबाट हेटौंडा तर्फ आउदै गरेको ना ५ख ८१२९को डब्बावाल ट्रक र विपरीत दिसाबाट आउदै गरेको ना १९ प ८९६ नम्बरको मोटरसाइकल एक आपसमा ठक्करखाई दुर्घटनाग्रस्त हुँदा मोटरसाइकल चालकको ज्यान गएको हो ।

मृत्यु हुनेमा मकवानपुरगढी ३ कालिखोला बस्ने २४ बर्षीय अनिश खड्का रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राजकुमार सापकोटाले बताएका छन। दुर्घटनामा ट्रक तथा मृतक मोटरसाइकल चालकको शव ५० मिटर तल राप्ती खोलामा झरेको थियो । दुर्घटनामा ट्रकका दुई जना घाइते भएको जनाइएको छ।

घाइतेलाई थप उपचारका लागि आइतबार भरतपुर पठाईको छ । शवलाई पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*