गजल सङ्ग्रह गोधुलि चिन्तन विमोचन

संवाददाता
२१ चैत्र २०७७, शनिबार १५:१९

गजल सङ्ग्रह गोधुलि चिन्तन शनिबार हेटौंडामा विमोचन भएको छ । झरना साहित्यिक परिवारले एक कार्यक्रमको आयोजना गर्दै सङ्ग्रह विमोचन गरिएको हो ।

हेटौंडामा स्रष्टा भोलाप्रसाद शिवाकोटी र एस.आर मञ्जरी ओली शिवाकोटीद्धारा संयुक्त लेखनमा तयार पारिएको कृति गोधुलि चिन्तन मकवानपुरका वरिष्ठ साहित्यकार तुल्सी थापा र कृति लेखकका ९७ वर्षका बुबा कृष्णप्रसाद शिवाकोटीले संयुक्त रुपमा विमोचन गरेका थिए । विमोचन पश्चात कृतिमाथि विमर्श गजलकार देवराज तिवारी र विश्वनाथ संजेलले आफ्ना भनाइ राखेका थिए ।

विमोचन कार्यक्रममा साहित्य सङ्गम मकवानपुरका अध्यक्ष निमेष निखिल, साहित्यकार आर.सि रिजाल, रमेश मोहन अधिकारी, सुवास खनाल लगायत मकवानपुरका साहित्यक्षेत्रका स्रष्टाहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा झरना साहित्यिक परिवारका सदस्य शुभलक्ष्मी प्रभाले स्वागत भनाइ राखेकी थिइन् भने परिवारका अध्यक्ष दीपक गौतमको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*