सकियो वर्षाको ‘ए साथी सुन’

संवाददाता
२१ चैत्र २०७७, शनिबार ०९:२७

राघव आचार्य निर्देशित चलचित्र ‘ए साथी सुन’को छायाँकन सकिएको छ । महाशिवरात्रिको दिन ललितपुरको खोकनाबाट सुरु भएको चलचित्र बुधबार सकिएको हो । गीत बाहेक चलचित्रको छायाँकन १६ दिनमा सकिएको हो । अभिनेत्री वर्षा शिवाकोटीले हेटौंडामा आजदेखि उक्त चलचित्रको छायांकन पुरा भएको फेसबुकमार्फत जानकारी गराएकी छिन् ।

इभान इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा बिना कार्कीको निर्माण रहेको चलचित्रमा वर्षाको अलवा रमेश बानियाँको समेत मुख्य भूमिका रहेको छ ।

चलचित्रमा जयनन्द लामा, सुशील पोख्रेल, रमेश अधिकारी, प्रतीक्षा शाह चन्द, सुभाष शाहलगायतका कलाकारको अभिनय रहेको छ । मानकृष्ण महर्जनको छायाँकन, रामजी लामिछानेको कोरियोग्राफी रहेको चलचित्रमा कुमार महर्जनको द्वन्द्व छ । चलचित्रको छायाँकन हेटौंडा तथा वीरगञ्जमा गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*