मंगलबार बस्दै बागमती प्रदेशसभाको बैठक

खबरबाकस \ अनिश्चित कालका लागि सूचनाटाँस गरि स्थगित गरिएको बागमती प्रदेशसभाको बैठक चैत २४ मंगलबारका लागि आव्हान गरिएको छ । सरकारको दवाबमा सभामुख सानुकुमार श्रेष्ठले पटक–पटक स्थगित गरेको बागमती प्रदेशसभा बैठक २४ गते बस्ने भएको छ । प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै मंगलबार दिउँसो १ बजेका लागि बैठक डाकिएको छ ।
तत्कालीन सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपामा विवाद आएपछि मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो । गत फागुन ५ गते बस्ने भनिएको प्रदेशसभा बैठक अनिश्चितकालीन स्थगित भएको थियो ।