मउवा संघका वर्तमान पदाधिकारीहरु नेपाली कांग्रेस प्रवेश

संवाददाता
२० चैत्र २०७७, शुक्रबार ११:५२

मकवानपुर उद्योग वाणिज्य संघका वर्तमान कार्यसमिति पदाधिकारी समुह नेपाली कांग्रेस प्रवेश गरेका छन् । बुधबार कांग्रेस सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा आयोजित कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल, वाणिज्य तर्फका उपाध्यक्ष कृष्णकुमार गुप्ता अग्रवाल, महासचिव प्रमोद सिंह रानाभाट र कार्यसमिति सदस्य दीपक खत्री काग्रेश प्रवेश गरेका हुन् ।

उनीहरुलाई सभापति देउवाले टिका लगाएर खादा ओढाई सदस्यता प्रदान गरेका थिए । पार्टी प्रवेश गरेपछि मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कटुवालले कांग्रेस सबैको भावना बुझ्ने लोकतान्त्रिक पार्टी भएकाले आफुले कांग्रेस रोजेका बताए । यस्तै, उपाध्यक्ष गुप्ताले पनि पार्टीहरुमा अनुशासित पार्टीका रुपमा आफुले कांग्रेसलाई लिएको र व्यवसायीक हकहितका लागि कांग्रेसले मात्र समस्या समाधान गर्न सक्ने हुदाँ आफु प्रवेश गरेको बताए ।

यस्तै, महासचिव रानाभाटले पनि यस अघि आफु स्वतन्त्र हुदाँ पनि कांग्रेसका भावना र मर्म मन परेको भन्दै नेपाली जनताको हकहितका लागि सहि पार्टी कांग्रेस रहेकोले प्रवेश गरेको बताए । सदस्य खत्रीले पनि व्यवसायीक मर्म बुझ्ने पार्टीका रुपमा कांग्रेस रहेकाले प्रवेश गरेको बताए । उनीहरुलाई प्रवेश गराउदैं पार्टी सभापति देउवाले उति सम्मानका साथ पार्टीमा जिम्मेवारी दिलाउने विश्वास दिलाउनुभयो । कार्यक्रमा कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्मा, नेता प्रकाशशरण महत लगाएतका नेताहरुको सहभागीता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*