बेलायतमा ७० संक्रमितको मृत्यु, सोमबारबाट लकडाउन सहज बन्ने

संवाददाता
१४ चैत्र २०७७, शनिबार ०७:५९

लन्डन \  बेलायतमा पछिल्लो २४ घन्टामा थप ७० जना कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ । यससँगै बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख २६ हजार ५१५ पुगेको छ । बेलायतमा कोरोना पुष्टि भएको २८ दिनभित्रको मृत्युलाई कोरोनाका मृतकको रुपमा घोषणा गरिन्छ ।

यसैगरी बेलायतमा पछिल्लो २४ घन्टामा ६ हजार १८७ नयां संक्रमित थपिएर कुल संक्रमित संख्या ४३ लाख २५ हजार ३१५ पुगेको सरकारी तथ्याँकमा उल्लेख छ । बेलायतका अस्पतालमा उपचार गराइरहेका र नयाँ भर्ना हुनेको संख्यामा पनि निरन्तर कमी आएको एनएचएस इङ्ग्ल्याण्ड कार्यकारी प्रमुख साइमन स्टीभन्सनले बिहीबार उल्लेख गरेका थिए ।

शुक्रबारसम्मको तथ्याँकअनुसार भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या ६३० रहेको स्वास्थ्य विभागले जनाएको छ । पछिल्लो २४ घन्टामा ३५४ जना कोरोना संक्रमित अस्पताल भर्ना भएका थिए । बिरामीको संख्या घट्दै गएका कारण नेशनल हेल्थ सर्भिस ९एन एचएस० ले कोभिड आपतकालीन सतर्कताको स्तरलाई चौथोबाट तेस्रो स्तरमा झारेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*