हेटौंडा क्याम्पसका प्रमुख डा. देवचन्द्र मानन्धर नेपाली कांग्रेसमा प्रवेश

संवाददाता
११ चैत्र २०७७, बुधबार १७:४६

प्रजातान्त्रिकवादी प्राध्यापक संघ हेटौंडा क्याम्पस ईकाइ समितिको आयोजनामा स्वागत तथा फागुपूर्णिमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

बुधबार बागमती प्रदेशका नेपाली कांग्रेस संसदीय दलका नेता ईन्द्र बहादुर बानियाँको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको थियो । सोही अवसरमा हेटौंडा क्याम्पसका प्रमुख डा. देवचन्द्र मानन्धरलाई टिका र खादा लगाएर नेता बानियाँले सदस्यता प्रदान गर्दै पार्टी प्रवेश गराएका थिए ।

कार्यक्रममा मकवानपुरका प्रतिनिधि सभा क्षेत्र १ का सभापति दामोदर खनाल, क्षेत्र २ का सभापति यतिराज सापकोटा, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, पार्टी प्रवक्ता प्रदीप कोइराला, नेवि संघ जिल्ला अध्यक्ष राजु खतिवडा लगायत जिल्ला तथा स्थानीयतहकाका नेतागणहरुको उपस्थिती रहेको थियो ।

ईकाइ अध्यक्ष राम बहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा सहभागिले सम्पूर्ण विद्यार्थी, प्राध्यापक लगायत आमनेपालीहरुमा फागुपूर्णिमाको शुभकामना व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*