डा. रिजालको ‘गिल्ट कोभिड १९’ नामक अंग्रेजी भाषाको सर्ट फिल्म यूट्यूबमार्फत सार्वजनिक

संवाददाता
२६ पुष २०७७, आईतवार ०४:२५

बेलायत/ बेलायतबासी सामाजिक अभियन्ता तथा दन्त चिकित्सक डा. कपिल रिजालद्वारा आज ‘गिल्ट कोभिड १९’ नामक छोटो चलचित्र सार्वजनिक गरिएको छ। डा. रिजालको आफनै यूट्यूब च्यानल केआर प्रोडक्शनमा अपलोड गरिएको अंग्रेजी भाषाको सो चलचित्र समयाबधि करिब ८ मिनेटको रहेको छ। सार्वजनिक फिल्मको बारेमा जानकारी दिन डा. रिजालको उपस्थितिमा शनिबार दिउँसो बेलायतस्थित नेपाली पत्रकारहरुसंग जुममार्फत अन्तरक्रियाको समेत आयोजना गरिएको थियो।

उक्त फ़िल्मको बारेमा जानकारी दिदै डा. रिजालले हाल विश्वले भोगिरहेको कोरोना महामारीको अनुभव, भोगाई, असर र पिडा समेटिएको बताउनु भयो। उहाँले छोटो फिल्म भएपनि कोरोना महामारीको धेरै पक्षलाई समेटेको र मनदेखी बनाएकोले फिल्म सबैलाई मन पर्ने बताउनु भयो।

कोरोनाको जोखिमक़ा बेला अग्रपंक्तिमा रहेर कामगर्ने सबैमा सम्मान गर्दै सो कार्यको सम्मान र हौसला स्वरूप नेपाल र बेलायतमा यस पुण्य काममा समर्पित हुने कीवर्करहरुको लागी १० हजार पाउण्ड संकलन र हस्तान्तरण गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

केआर प्रोडक्सन लन्डनले प्रस्तुत गरेको अंग्रेजी भाषाको उक्त छोटो फिल्ममा लुक हण्टरको एकल अभिनय रहेको छ भने चलचित्रका सहायक निर्देशक टंक धमला (लियो ट्यांक) हुन र कार्यकारी निर्माता भने सपन कुमार राई रहेका छन।

यसअघि पनि डा. रिजालद्वारा निर्देशित मेरो मनमा, सुस्तरी लगायत म्यूजिक भिडियोहरु सार्वजनिक भैसकेका छन। नेपाली चलचित्र ‘ड्रिम्स’ मा समेत डा. रिजालको लगानी रहेको थियो। निर्देशक तथा समाजसेबी डा. रिजाल नेपालका लोकप्रिय प्रसूति बिशेषज्ञ डा. भोला रिजालका पुत्र हुनुहुन्छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*