आम सञ्चारसम्बन्धि विधेयक छिटै संसदमा पेश गरिनेछः सञ्चारमन्त्री

संवाददाता
११ असार २०८०, सोमबार ०४:२८

खबर बाकस/सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आम सञ्चारसम्बन्धि विधेयक छिटो भन्दा छिटो संसदमा पेश गर्ने बताएकी छिन्।

सो विधेयकलाई संसदमा ल्याउनका लागि सरकारले विज्ञहरुसँग आवश्यक सुझाव लिएको र त्यसलाई संसदमा पेश गर्ने प्रक्रियाका लागि मन्त्रालयले काम गरिरहेको पनि उनले बताइन्।

आईतबार प्रतिनिधिसभा बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै मन्त्री शर्माले सञ्चार र सूचना प्रविधिसँग सम्बन्धित धेरै ऐनहरु पुराना भएकाले त्यसलाई अध्यावधिक गरेर नयाँ कानुन बनाउने काममा पनि सरकारले ढिलाई नगर्ने उल्लेख गरिन्।

उनले दुरसञ्चार सम्बन्धि फोरजी सेवाको देशभर विस्तार र फाइभजी सेवाको लन्च गरेर शिक्षा, स्वास्थ्य, पर्यटनलगायतका क्षेत्रहरुको पूर्वाधार विकासगरी मुलुकको राजस्व वृद्धिमा योगदान पु¥याउने योजनाका साथ काम भईरहेको दावी समेत गरिन्।

मन्त्री शर्माले भनिन्, ‘अहिले नेपाल टेलिकमले फाइभजीको परीक्षण गर्दैछ। र, यो परीक्षण सफल भईसकेपछि र सँगसँगै हाम्रो फोरजीको पनि देशव्यापी रुपमा जुन विस्तार हुनुपर्ने हो। त्यो ढंगले विस्तार भईरहेको छैन। त्यसो पनि हामी समिक्षा गरेर फाईभजीलाई लन्च गर्छाै। यो हाम्रो आवश्यक्ता हो। र, फाईभजी लन्च गरीसकेपछि हामीले यसलाई हाम्रो शिक्षा, स्वास्थ्य, पर्यटन लगायतका सबै पूर्वाधारको विकासमा र राज्यको राजस्व अभिवृद्धिमा यसलाई प्रयोग गरिनेछ। र, आम सञ्चार सम्बन्धि विधेयकका विषयमा हामीले यस क्षेत्रका विज्ञहरुलाई समेटेर मन्त्रालयमा कार्य दलनै बनाएर यी सम्बन्धि विधेयकहरुको सन्दर्भमा सुझावहरु प्राप्त गरेका छौं। र, मन्त्रालय त्यसमा वर्कआउट गर्दैछ। र, यसमा हामी छिटो भन्दा छिटो संसदमा ल्याउने प्रक्रियामा छौं। हाम्रो मन्त्रालयको रुटिनमा नै यी सबै विधेयकहरुलाई राखेर ल्याउँछौं। हामी सबैलाई थाहा छ–यो सञ्चार र सूचना प्रविधिसँग ऐन, कानुनहरु असाध्यै पुराना छन। र, यो क्षेत्रमा व्यापक रुपमा परिवर्तन भएको छ। र, नयाँ ऐन, कानुन जरुरी छ। यसका निम्ति हामी मन्त्रालयमा गम्भिरतापूर्वक छलफल गर्दैछौं। हामी यसलाई छिटो भन्दा छिटो प्रक्रिया अघि बढाउनेछौं।’

मन्त्री शर्माले सूचना र प्रविधिको क्षेत्रमा भएको तीव्र विकासलाई मध्यनजर गरेर ऐन, नियमहरु बनाउने काममा सरकारले विशेष ध्यान दिने पनि बताइन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*