सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनवाई हुन सकेन

सन्दीप लामिछाने विरुद्धको मुद्दामा आज पनि सुनवाई हुन सकेन । जिल्ला अदालत काठमाडौंले जाहेरीकर्ता गौशला २६ को उमेर सम्बन्धमा अझै स्पष्ट हुनुपर्ने भन्दै सुनवाई नगरेको हो । न्यायाधीश फणिन्द्र प्रसाद पराजुलीको इजलासले गौशाला २६ को जन्मदर्ता रहेको तादी गाउँपालिकाले पठाएको पत्र स्पष्ट नभएको जनाएको छ। सो गाउँपालिकाले जाहेरीकर्ताको वास्तविक जन्ममिति सम्वन्धमा पठाएको पत्र चित्तबुझ्दो नभएकाले फेरि अर्को पत्र ल्याउन इजलासले आदेश दिएको छ।
यसैगरि, गौशला २६ को जन्म भएको अस्पतालबाट प्राप्त कागज पनि राम्ररी नबुझिएको आदेशमा उल्लेख छ। इजलासले फेरि अर्को पत्र ल्याउन भनेको छ। सन्दीपका कानून व्यवसायीहरु भने विभिन्न बहाना गरेर मुद्दा लम्ब्याउन खोजिएको भन्दै असन्तुष्ट बनेका छन्। गाउँपालिकाको पत्र र अस्पतालको कागज दुवैले जाहेरीकर्ता नाबालिग नदेखिने स्पष्ट हुँदाहुँदै किचलो गर्न खोजिएको उनीहरुको आरोप छ।