लोकगायक प्रकाश कटुवाल, हास्य कलाकारद्वय बल्छि धुर्बे र राजु मास्टरको बेजोड प्रस्तुति एबरडीनमा

संवाददाता
२ कार्तिक २०७९, बुधबार ०८:००

नेपालीहरुको महान पर्व तिहार नजिकिदै गर्दा बेलायतका विभिन्न शहरमा नेपाली गायक तथा कलाकारहरूको रमाईलो कार्यक्रम  धमाधम भईरहेको छ।

चर्चित नेपाली लोक गायक प्रकाश कटुवाल, हास्य कलाकार बल्छि धुर्बे ( मरिचमान श्रेष्ठ) तथा राजू मास्टर (राजू पौडेल) को समूहले लण्डनका बिभिन्नस्थान, पीटरबरो, स्कटल्यांडको ग्लास्गो हुदै मंगलबार एबर्डिनमा भव्य कार्यक्रम सम्पन्न गरेको छ।

नेप्लिज हिमालयन एसोसिएसन स्कटल्यांडको आयोजनामा भएको तिहार बिशेष मनोरंजनात्मक कार्यक्रममा गायक प्रकाश कटुवालको गीतमा एबरडीनबासी नेपालीहरु छमछमि नाचे भने हास्य कलाकारहरु बल्छि धुर्बे र राजु मास्टरको प्रस्तुतिले पेट मिचीमिची हासे।

नेपालीहरूको बाकलो उपस्थिति रहेको सो कार्यक्रमको शुरूमा संस्थाका अध्यक्ष नबीन क्षेत्री तथा कार्यक्रम संयोजक जोनी पहरीले संयुक्त रुपमा कलाकारहरुलाई स्वागत तथा सम्मान गरेका थिए।

यसैगरी नेप्लिज हिमालयन एसोसिएसनका सचिब मुकुल दहालले उपस्थित सबैमा तिहारको शुभकामना दिदै आगामी तिहारको कार्यक्रम बारे जानकारी दिएका थिए ।

लोकगायक प्रकाश कटवालको गीत गायनबाट शुरू भएको सांस्कृतिक कार्यक्रम हास्यकलाकारद्वय मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल (राजु माष्टर) ले पनि समसामयिक विषयमा व्यंग गर्दै दर्शक हँसाएका थिए । विदेशमा बस्ने नेपालीहरुलाई नेपाली कलाकारले गरेको माया र सद्भावको प्रशंसा गर्दै जो जहाँ भएपनि नेपाललाई नबिर्सन उनीहरुले आग्रह गरेका थिए ।

गायक कटुवालले  ‘चोर बिरालो पल्क्यो, चोरी खान पल्केको ढाडे बिरालो, छेकेन जामाले जस्ता आफ्ना लोकप्रिय  सांगीतिक प्रस्तुति दिएर सबैलाई नचाएका थिए ।

उक्त कार्यक्रम संचारकर्मी डा. शिव तिवारीले संचालन गरेका थिए भने  टेक बानिया, मनोज न्यौपाने, हेमराज पहारी, सूर्य ज़बेगु, पदम सिटौला, शरणहरी तिवारी, तोया सापकोटा, नरेन्द्र बुढ़ा, मुकुल दाहाल, नबीन क्षेत्री, नरजंग गुरुंगलगायतको बिशेष सहयोगमा सम्पन्न भएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*