नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ

संवाददाता
२ कार्तिक २०७९, बुधबार ०६:३१

खबर बाकस/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन्। मंगलबार दिउँसो गृहजिल्ला झापा आइगेका उनी अस्वस्थ भएको पोलिटव्युरो सदस्य देवेन्द्र दाहालले जानकारी दिए।

झापा क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका अध्यक्ष ओली चुनाव प्रचारप्रसारका क्रममा झापा आएका हुन्। दाहालका अनुसार ज्वरो आएपछि उनी औषधि खाएर घरमै आराम गरिरहेका छन्।

तीनदिने चुनावी प्रचार अभियानका क्रममा सहभागी हुन उनी झापा आएका हुन्। अध्यक्ष ओलीलाई ज्वरो आएपछि आज दमकमा पत्रकार सम्मेलनसहित कार्यकर्ता भेटघाटका कार्यक्रम स्थगित गरिएको एमाले जिल्ला अध्यक्ष दीपक कार्कीले बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*