स्कटल्यान्डकै पहिलो पशुपतिनाथ मन्दिर स्थापनाको वार्षिकोत्सव मनाईदै, सहभागी हुन अनुरोध

संवाददाता
२ आश्विन २०७९, आईतवार ००:२१

खबर बाकस/ स्कटल्यान्डकै पहिलो पशुपतिनाथ मन्दिर स्थापना भएको एक वर्ष पुरा भएको छ। प्रथम वार्षिक उत्सव विभिन्न धार्मिक कार्यक्रमको आयोजना गरी ग्लासगो नेपाली कम्यूनिटी हलमा मनाऊन लागिएको जानकारी दिदै र उक्त समारोहमा सरिक हुन  पशुपतिनाथ मन्दिर व्यवस्थापन समिति  स्कटल्यान्डले सबैमा अनुरोध समेत गरेको छ।

यही असोज २ गते आईतवार अर्थात सेप्टेम्बर १८ तारिकका दिन भव्य रुपमा हिन्दूहरुका आराध्यदेव महादेव शिवजीको पुजा आराधना रुद्रीपुजा का सांथै भजन किर्तन र प्रसाद ग्रहणका साथै  बिशिष्ट धार्मिक गुरु गुप्तेश्वर पान्डेय ज्युबाट धार्मिक प्रवचन  समेतको कार्यक्रम रहेकाले उक्त प्रथम वार्षिक उत्सव कार्यक्रममा सपरिवार ग्लासगो नेपाली कम्यूनिटी हलमा बिहान ८ बजे उपस्थित हुन  निमन्त्रणा गरिएको छ।

कार्यक्रम:
मिति :  २०७९ असोज २ गते आईतवार
Date :  18th September 2022 Sunday
समय: बिहान 8:००देखि दिउंसो १५:००वजे सम्म
Time  8:00AM to 15:00PM

स्थान : ग्लासगो नेपाली कम्यूनिटी हल
Glasgow Nepalese community hall
1 Priory Ave
                  Paisley
                 PA3 4NS

अध्यक्ष                                                        सचिव
देव केसी                                                 दिवाकर पान्डेय
तथा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*