एनआरएनए स्कटल्यांडको पहलमा नेपाली दुताबास बेलायतले एबरडीन र पर्थमा घुम्ती सेवा संचालन गर्दै

संवाददाता
५ असार २०७९, आईतवार १८:२४

गैरआबासिय नेपाली संघ स्कटल्यांडको बिशेष अनुरोध र पहलमा नेपाली दुतावास बेलायतद्वारा घुम्ती टोली मार्फत स्कटल्यांडका बिभिन्न स्थानलाई समेटी आफनो सेवालाई बढाउदै निरन्तरता दिन थालेको छ। यस अंतर्गत स्कटल्यांडको एबरडीन र पर्थको लिभिंगस्टोनबाट गैरआवासीय नेपालीहरुले पासपोर्ट, भिसा, एनआरएनए कार्ड लगायत अन्य कागजातका कामहरुको सेवा लिन सकिने दुताबासले जनाएको छ।

एबर्डिनमा नेप्लिज हिमालयन एसोसिएसनको हलबाट यही जुनको २६ तारिक आईतबार र पर्थको लिभिंगस्टोनस्थित बेलिफ इन्डियन रेस्टूरेण्टबाट जुन २७ तारिक सोमबार सेवा उपलब्ध गराइने एनआरएन स्कटल्यांडका उपाध्यक्ष उज्ज्वल कार्कीले जानकारी दिए।

………………………………………………………….
Aberdeen

26th June, 2022 आइतबार (Aberdeen) 11:00 AM – 3:00 PM

स्थान : Nepalese Himalayan Association, SCOTLAND
Unit B Kettock Lodge Campus 2, Balgownie Drive, Bridge of Don, Aberdeen, AB22 8GU

Perth, Livingston

27th June, 2022 , 9 AM- 3 PM सोमबार

स्थान : Bayleaf Indian Restaurant 90 Uphall Station Rd, Pumpherston, Livingston
EH53 0LW ,
………………………………………………………….

एनआरएनए स्कटल्यांडका सचिब मनीष खत्रीले आवश्यक सेवा लिन सबै स्कटल्यांडबासी नेपालीहरुलाई अनुरोध गर्दै कार्यक्रमको बारेमा थप जानकारी, सल्लाह- सुझाबको लागि राज्य समिति स्कटल्यान्डको अध्यक्ष काशिराम भण्डारीलाई ०७८७७१२६७६७ मा सम्पर्क गर्न सकिने पनि बताएका छन।

दूतावासको कार्यक्रम र सेवाका बारेमा विस्तृत जानकारीका लागी तल हेर्नहोस

Image.jpeg

Image_1.jpeg

Image_2.jpeg

Image_3.jpeg

Image_4.jpeg

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*