स्थानीय तह निर्वाचनका लागी देशभर १ लाख ४१ हज़ार भन्दा बढीको उमेद्दवारी
खबर बाकस / वैशाख ३० गते हुने स्थानीय तहको निर्बाचनको लागी विभिन्न पदमा उम्मेदवारी दिनेहरूको संख्या १ लाख ४१ हजार पुगेको छ ।
निर्वाचन आयोगले बिहान १०:३० बजे अध्यावधिक विवरण दिंदै मनोनयन दर्ता गर्नेहरुको संख्या एक लाख ४१ हजार ४६८ पुगेको जानकारी दिएको हो ।
महानगर, उपमहानगर र नगरपालिकाको नगरप्रमुखमा तीन हजार ३१८, नगर उपप्रमुखमा दुई हजार ३६ जनाको उम्मेदवारी परेको छ । गाउँपालिकाको अध्यक्षमा तीन हजार ३०६ जनाको र उपाध्यक्षमा २३४३ जनाको उम्मेदवारी परेको छ ।
वडाअध्यक्षमा ३३ हजार १११, महिला सदस्यमा २४ हजार २८३, दलित महिला सदस्यमा २१ हजार ९७९ र सदस्यमा ५१ हजार ९२ जनाको उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ ।