प्रदेश खेलकुद प्रतियोगिताको तयारी पुरा, शनिबार भव्य उद्घाटन हुदैं

संवाददाता
२६ फाल्गुन २०७८, बिहीबार १७:२९

 खबरबाकस \ प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशले प्रथम खेलकुद प्रतियोगिताको तयारी पुरा भएको छ । बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा हुन लागेको प्रदेश स्तरीय खेलकुद प्रतियोगिताको तयारी पुरा भएको प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सुर्यलाल भण्डारीले बताउनुभयो ।

प्रदेश राजधानी हेटौंडामा शनिबार बृहत रुपमा खेलको उद्घाटन गरिने उहाँले बताउनुभयो । हेटौंडाको क्याम्पाचौरमा नेपाल आर्मी, नेपाल प्रहरीको व्याण्ड सहितको प्रस्तुती, विद्यार्थीहरुद्धारा ड्रिल प्रदर्शन, अतिसबाजी, मार्सल आट्र्स डेमो, विभिन्न झाँकी तथा साँस्कृतिक कार्यक्रमहरुको आयोजना गरिदैं प्रतियोगिताको उद्घाटन गरिने भण्डारीले बताउनुभयो ।

मकवानपुर, चितवन, काभ्रे, काठमाडौं र सिन्धुपाल्चोक जिल्लामा विभिन्न खेलको प्रतियोगिता गराइने उहाँले बताउनुभयो । उहाँका अनुसार मकवानपुरमा २९ गते आइतबारबाट पुरुष फुटबल, व्याडम्निटन र चैत्र ५ गतेबाट तेक्वान्दो प्रतियोगिता सुरु हुनेछ । त्यस्तै, चितवनमा ३० गतेदेखी भलिबल र क्रिकेट खेल सुरु हुने बताउनुभयो ।

सिन्धुपाल्चोकमा भने चैत्र ७ गतेबाट कराते खेल हुनेछ भने काठमाडौंमा चैत्र ६ गतेदेखी एथलेटिक्स प्रतियोगिता हुने जनाइएको छ । त्यस्तै, काभ्रेमा भने चैत्र ७ गतेदेखी महिला फुटबल र ९ गतेदेखी बक्सिङ खेल प्रतियोगिता हुने सदस्य सचिव भण्डारीले बताउनुभयो ।

प्रतियोगिताको लागि आठ करोड ४ लाख रकम खर्च हुने अनुमान गरेको छ । विभिन्न खेलमा करिब २ हजार भन्दाबढी खेलाडीले सहभागिता जनाउनेछन् । खेलको समापन कार्यक्रम १२ गते शनिबार काभ्रेको धुलिखेलमा हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*