जनप्रभा युवा क्लबलाई वडा अध्यक्ष बानियाँको एक लाख सहयोग

संवाददाता
२१ फाल्गुन २०७८, शनिबार १७:४७

हेटौंडा \ हेटौंडामा शुक्रबारबाट सुरु भएको ऐट ए साइड फुटबल प्रतियोगितामा सहभागि बनेको जनप्रभा युवा क्लब हेटौंडा ५ लाई सोही वडाका वडा अध्यक्ष तथा कांग्रेस प्रतिनिधि सभा क्षेत्र १ को (ख)का सभापति राजेश बानियाँले नगद एक लाख सहयोग गरेका छन् ।

खेलकुद गतिविधिका लागि विभिन्न समयमा सहयोग गर्दै आएका नेता बानियाँले खेलकुद क्षेत्रमा युवा खेलाडीलाई प्रोत्साहन गर्न सहयोग गरेको बानियाँले बताए ।

नेता बानियाँले विभिन्न सयममा सामाजिक कार्य गर्दै आइरहेका छन् । उनले पाएको सरकारी सुविधालाई पूर्णरुपमा सामाजिक कार्यमा खर्च गर्दै आइरहेका छन् ।

उनले खेलकुद, खानेपानी, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा आफ्ना वडाबासीहरुलाई सहयोग गर्दै आइरहेका छन् ।
एफसी कमलडाँडा क्लबको आयोजनामा भएको प्रथम एफसी कमलडाँडा खुल्ला ऐट ए साइड फुटबल प्रतियोगितामा विजेताले तीस हजार र उपविजेताले १५ हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*