न्यौपानेको नेतृत्वमा हेटौंडा बक्सिङ क्लब

संवाददाता
१८ फाल्गुन २०७८, बुधबार १५:४५

 खबरबाकस \ हेटौंडा बक्सिङ क्लबको अध्यक्षमा जगदिश न्यौपाने चयन भएका छन् । क्लबका अध्यक्ष सविन भट्टाचार्यको अध्यक्षतामा बुधबार हेटौंडामा भएको तेस्रो अधिवेसनले न्यौपानेको नेतृत्वमा नयाँ समिति गठन भएको छ ।

अभिवेसनले उपाध्यक्षमा ज्ञानदास खतिवडा, सचिवमा प्रितम रानामगर, सहसचिवमा आधुनिक तिमल्सिना र कोषाध्यक्षमा भुपेन्द्र विष्ट र कोचमा अजित गुरुङ चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा सुरेन्द्र दुलाल, सरोज शर्मा, मनोज दंगाल, गोविन्द नेगी, महेश्वर सापकोटा, कैलास दंगाल, अनिता थापा, सुस्मा गुरुङ चयन भएका छन् ।

नवनिर्वाचित अध्यक्ष न्यौपानेले मकवानपुरमा बक्सिङ खेलको गतिविधिहरु बढाउन लागिपर्ने बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*