यस्तो छ बागमती प्रदेशमा दलगत हिसाब

संवाददाता
१२ माघ २०७८, बुधबार १५:५३

 खबरबाकस \  राष्ट्रियसभा सदस्यअन्तर्गत् बागमती प्रदेशतर्फ खाली रहेको दुइ सिटका लागि बुधबार हेटौंडामा मतदान प्रक्रिया  सकिएको छ । बागमती प्रदेशको १३ जिल्लाका ११९ वटा स्थानीय तहहरुमा नेकपा एमाले बलियो रहेको छ । १३ जिल्लामा ११६ जना प्रतिनिधि एमालेको रहेको छ भने प्रदेश सभामा ४३ जना सांसद मतदाताको रुपमा रहेका छन् ।

नेपाली कांग्रेसको स्थानीय तहमा ६६ जना र प्रदेश सभामा २२ जना रहदाँ नेकपा माओवादी केन्द्रको ३५ जना स्थानीय तहका र २३ जना प्रदेश सभा सदस्य रहेका छन् ।

नेकपा (एस)को प्रदेश सभामा १३ जना सदस्य रहेका छन् भने १७ जना स्थानीय तहका प्रतिनिधि रहेका छन् । राप्रपाका दुई जना प्रदेश सभा सदस्य र दुई जना स्थानीय तह प्रतिनिधि रहेका छन् । त्यस्तै नेपाल किसान मजदुर पार्टीमा पनि २ जना प्रदेश सभा सदस्य र २ जना स्थानीय तहका प्रतिनिधि रहेका छन् । विवेकशील साझा पार्टीका प्रदेश सभामा तीन जना र स्वतन्त्र प्रदेश सभा सदस्य एक जना रहेका छन् ।
गठबन्धनका कारण गठबन्धनबाट उम्मेदवारी रहेकाको जीत नजिक रहेको देखिन्छ । यही हिसाबले पनि एमालेले संख्या कम हुने देखिन्छ ।
प्रदेश सभा सदस्यको एक मतको अंकभार ४८ छ भने स्थानीय तहको एक मतको अंकभार १८ रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*