बागमती प्रदेशमा मतदान सकियो, २३७ स्थानीय तह र १०६ प्रदेश सभा सदस्यले खसाले मत

स्थानीय तहमा एमाले ११६जना, कांग्रेस ६६ र माओवादी ३५
श्रीराम अर्जुन
१२ माघ २०७८, बुधबार १५:३२

खबरबाकस \ राष्ट्रियसभा सदस्यअन्तर्गत् बागमती प्रदेशतर्फ खाली रहेको दुइ सिटका लागि आज बुधबार हेटौंडामा मतदान प्रक्रिया समयसिमा सकिएको छ । विहान ९ बजेबाट सुरु भएको मतदान प्रक्रिया ३ बजे सकिएको हो ।
बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे सहित मन्त्रीहरु र प्रदेश सभा सदस्यहरुले मतदान गरेका छन् ।
प्रदेशमा ११९ स्थानीय तहका २३७ जनाले मतदान गरेका छन् भने प्रदेश सभा सदस्य १०६ जनाले मतदान गरेको प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताए ।

हेटौंडा औद्योगिक क्षेत्रको सभा हलमा भएको मतदान प्रक्रियामा स्थानीय तहका एक जना र प्रदेश सभाका ३ तीन जना सदस्यले मतदान गरेका छैनन् । १०९ जना मध्ये १०६ जनाले मतदान गरेका हुन् । प्रदेश सभा सदस्यको एक मतको अंकभार ४८ रहेको भने स्थानीय तहको एक मतको अंकभार १८ राखिएको छ ।

राष्ट्रियसभा सदस्यका लागि बागमती प्रदेशमा ६ जना उम्मेदवार रहेका छन् । सत्तारुढ गठबन्धनका दुई जना, नेकपा एमालेको तर्फबाट २ जना र नेपाल मजदुर किसान पार्टीबाट दुईजना गरी ६ जनाले मनोनयन दर्ता गरेका थिए ।

गठबन्धन दलका तर्फबाट महिलामा नेकपा (एस) बाट गोमादेवी तिमल्सिना र अन्यमा कांग्रेसबाट कृष्णप्रसाद पौडेल रहेका छन् । विपक्षी दल नेकपा एमालेबाट महिलामा निरुकुमारी कुँवर तथा अन्यमा गोपाल शाक्य र नेमकिपाबाट महिलामा गीता काफ्ले र अन्यमा कृष्णबहादुर तामाङको उम्मेदवारी रहेको छ ।

यस्तो छ दलगत हिसाब

बागमती प्रदेशको १३ जिल्लाका ११९ वटा स्थानीय तहहरुमा नेकपा एमाले बलियो रहेको छ । ११६ जना प्रतिनिधि एमालेको रहेको छ भने प्रदेश सभामा ४३ जना सांसद मतदाताको रुपमा रहेका छन् ।

नेपाली कांग्रेसको स्थानीय तहमा ६६ जना र प्रदेश सभामा २२ जना रहदाँ नेकपा माओवादी केन्द्रको ३५ जना स्थानीय तहका र २३ जना प्रदेश सभा सदस्य रहेका छन् ।

नेकपा (एस)को प्रदेश सभामा १३ जना सदस्य रहेका छन् भने १७ जना स्थानीय तहका प्रतिनिधि रहेका छन् । राप्रपाका दुई जना प्रदेश सभा सदस्य र दुई जना स्थानीय तह प्रतिनिधि रहेका छन् । त्यस्तै नेपाल किसान मजदुर पार्टीमा पनि २ जना प्रदेश सभा सदस्य र २ जना स्थानीय तहका प्रतिनिधि रहेका छन् । विवेकशील साझा पार्टीका प्रदेश सभामा तीन जना र स्वतन्त्र प्रदेश सभा सदस्य एक जना रहेका छन् ।

गठबन्धनका कारण गठबन्धनबाट उम्मेदवारी रहेकाको जीत नजिक रहेको देखिन्छ । यही हिसाबले पनि एमालेले संख्या कम हुने देखिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*