राप्रपाद्धारा बागमती प्रदेशमा मतदान

संवाददाता
१२ माघ २०७८, बुधबार १३:२८

 

हेटौंडा \ प्रदेश १ बाहेक अरू प्रदेशमा आफ्ना उम्मेदवार नभएकोले आफ्नो पार्टीले मतदान नगर्ने बताएता पनि राप्रपाले राष्ट्रियसभाको बागमती प्रदेशमा भने मतदान गरिएको छ।

बागमती प्रदेशसभा सदस्यहरू रिना गुरुङ र रिता माझीले बुधबार हेटौंडामा मतदान गर्नुभएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको उम्मेदवार नभएका प्रदेशमा मतदान नगर्ने भनी केन्द्रीय निर्णय भएता पनि बागमती प्रदेशमा मतदान गरिएको छ ।

प्रदेश सभा सदस्य रिता माझीले पार्टीले मंगलबार साँझ मतदान गर्न निर्देशन दिएकोले राष्ट्रियसभामा मतदान गरिएको बताउनुभयो । राप्रपाको बागमती प्रदेशमा स्थानीय तहमा २ जना, प्रदेशसभामा २ जना प्रतिनिधि रहेका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*