पानी परेपछि मतदाताहरु छातामा… (तस्विर)

खबरबाकस \ राष्ट्रियसभा सदस्यअन्तर्गत् बागमती प्रदेशतर्फ खाली रहेको दुइ सिटका लागि आज बुधबार हेटौंडामा मतदान विहानबाट सुरु भएको छ ।
विहान ९ बजेबाट सुरु भएको मतदान प्रक्रियामा पानी परेकाले मतदान स्थलमा आवातजावतमा कठिनाइ भएको थियो । पानी परिरहेकाले मुख्यमन्त्री, मन्त्री,राज्यमन्त्री, प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख, सुरक्षा निकायहरु छाताको भरमा आवातजावत गरिरहेका थिए ।
पानीका कारण मतदाताहरु छातामा र सुरक्षा निकाय रेनकोर्टमा आफ्नो डिउटी निभाइरहेका थिए । मतदान स्थलमा छाता ओढेर हिडडुल गरिएका रहेका थिए । करिब ११ बजे पछि मात्र मौसम सुधार भएपछि घाम लागेको छ ।
फोटो : श्रीराम अर्जुन