हेटौंडामा राष्ट्रिय सभा निर्वाचन मतदान सुरु, मुख्यमन्त्री सहित मन्त्रीहरुले गरे मतदान

संवाददाता
१२ माघ २०७८, बुधबार १०:४७

खबरबाकस \ राष्ट्रियसभा सदस्यअन्तर्गत् बागमती प्रदेशतर्फ खाली रहेको दुइ सिटका लागि आज बुधबार हेटौंडामा मतदान सुरु भएको छ ।

विहान ९ बजेबाट सुरु भएको मतदान प्रक्रियामा पानी परेकाले मतदान स्थलमा आवातजावतमा कठिनाइ भएको छ । मतदान स्थल, केन्द्र तथा सवारी पार्किङ स्थल, हेल्प डेस्क र स्वास्थ्य क्लिनिक सञ्चालन गर्ने गरी आवश्यक सम्पूर्ण तयारी अवस्थामा राखिएको छ ।
बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे सहित मन्त्रीहरु र प्रदेश सभा सदस्यहरुले मतदान गरिरहेका छन् । मतदाताहरु आउने जाने क्रम भइरहेको देखिन्छ ।

हेटौंडा औद्योगिक क्षेत्रको सभा हलमा भएको मतदान प्रक्रियामा स्थानीय तहका प्रमुख उपप्रमुखहरुको लागि छुट्टै मतदान स्थलको व्यवस्था गरिएको छ ।

No description available.

विहान देखी परेको पानीका कारण मतदान स्थलमा आउन जान समस्या रहेको छ । दिउँसो ३ बजे सम्म हुने मतदान ४ बजेपछि मतगणना सुरु गरिने जनाइएको छ ।

राष्ट्रियसभा सदस्यका लागि बागमती प्रदेशमा ६ जना उम्मेदवार रहेका छन् । सत्तारुढ गठबन्धनका दुई जना, नेकपा एमालेको तर्फबाट २ जना र नेपाल मजदुर किसान पार्टीबाट दुईजना गरी ६ जनाले मनोनयन दर्ता गरेका छन् ।

No description available.

गठबन्धन दलका तर्फबाट महिलामा नेकपा (एस) बाट गोमादेवी तिमल्सिना र अन्यमा कांग्रेसबाट कृष्णप्रसाद पौडेल रहेका छन् । विपक्षी दल नेकपा एमालेबाट महिलामा निरुकुमारी कुँवर तथा अन्यमा गोपाल शाक्य र नेमकिपाबाट महिलामा गीता काफ्ले र अन्यमा कृष्णबहादुर तामाङको उम्मेदवारी रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*