सिनेमा र जिम हल माघ १५ गतेसम्म बन्द गर्ने निर्णय

काठमाडौं \ सरकारले कोभिड–१९ को संक्रमण बढ्दै गएको भन्दै माघ १५ गतेसम्म सिनेमा र जिम हल बन्द गर्ने निर्णय गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक स्थलमा भीडभाड कम गर्न मनोरञ्जन क्षेत्रलाई माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
सरकारले यसअघि नै सार्वजनिक स्थानमा २५ जना भन्दा बढीलाई भेला हुन रोक र शैक्षिक संस्था बन्द गरिसकेको छ ।