‘ए मेरो हजुर–४’ को टिजर सार्वजनिक

संवाददाता
१ माघ २०७८, शनिबार १७:१२

अनमोल केसी र सुहाना थापाको रोमान्स रहेको चलचित्र ‘ए मेरो हजुर–४’ को टिजर सार्वजनिक भएको छ । १ मिनेट ४४ सेकेन्डको टिजरमा चलचित्रका दुई मुख्य पात्र अनमोल र सुहाना बीचको प्रेम, रोमान्स र विछोडका आयम समेटिएको छ ।

सन् २००२ मा शिव रेग्मीको निर्देशन बनेको हिट चलचित्र ‘ए मेरो हजुर’ चौथो श्रृंखलाको रुपमा यो चलचित्र निर्माण भएको हो । आगामी वैशाख १ गते सार्वजनिक प्रदर्शन हुने चलचित्र झरना थापाले निर्देशन गरेकी हुन् । चलचित्रमा सलोन बस्नेतको पनि मुख्य भूमिका रहेको छ ।

सुहाना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको चलचित्र झरनाकै श्रीमान् सुनिलकुमार थापाले निर्माण गरेका हुन् । चलचित्रको यसअघि चैत्र २५ लाई प्रदर्शन मिति तोकिएको थियो । सो मिति पोष्टपोन्ड गर्दै निर्माण युनिटले चलचित्र वैशाख १ गते पुर्याएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*