चितवनमा ९४ जनामा कोरोना संक्रमण पुष्टि

संवाददाता
२९ पुष २०७८, बिहीबार १७:०२

चितवन \ चितवनमा बिहीबार ९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार ४०८ जनाको पिसीआर र ४३ जनाको एन्टिजेन परिक्षण गर्दा ९४ जनामा संक्रमण पुष्टि भएको हो ।

यो संख्या परिक्षण गरिएका मध्ये २०.८४ प्रतिशत हुन आउँछ। बुधवार संक्रमण १८ प्रतिशत थियो ।

संक्रमित मध्ये सबै भन्दा धेरै ८० जना भरतपुर महानगरपालिका भित्रका रहेका छन । चितवनमा सक्रिय संक्रमितको संख्या ३२७ रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*