चितवनमा मोटरसाईकल चोरी गर्ने ६ जना पक्राउ

संवाददाता
२९ पुष २०७८, बिहीबार ०९:०१

चितवन \  जिल्ला प्रहरी कार्यालय चितवनले मोटरसाईकल चोरी गरेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ। मोटरसाईकल चोरी नियन्त्रण गर्न सन्चालित ” अपरेसन माइक चार्ली ” अन्तर्गत उनीहरुलाइ पक्राउ गरिएको चितवन प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा तनहुँको भानु नगरपालिका वडा नं. १ बस्ने वर्ष २३ का रूपेश गुरूङ, पर्साको बारागढी नगरपालिका वडा नं. १ बस्ने वर्ष १९ का रूपेश चौधरी, सोही स्थानका वर्ष १९ का रमेश पासवान, चितवनको रत्ननगर नगरपालिका वडा नं. १३ घर भई हाल भरतपुर महानगरपालिका वडा नं. २३ मा मनकामना वर्कसप तथा रिकण्डिसन हाउस संचालन गरी बस्ने वर्ष ३८ का दिपेन्द्र कुमार श्रेष्ठ, भरतपुर महानगरपालिका वडा नं. २१ बस्ने वर्ष ३० का दावा तामाङ र कालिका नगरपालिका वडा नं. ५ बस्ने वर्ष २० का मंशिस चौधरी रहेका छन् ।

उनीहरुमाथि चोरी सम्बन्धी कसुरमा चितवन जिल्ला अदालतबाट म्याद अनुमती लिई अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ । यस्तै प्रहरीले उनीहरुको साथबाट चार वटा मोटरसाइकल बरामद गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*