बागमती प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक

संवाददाता
१६ मंसिर २०७८, बिहीबार १५:३५

 खबरबाकस \ बागमती प्रदेश सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । गठबन्धनमा आवद्ध दलहरूसँगको छलफलपछि प्रदेश सरकारले बिहिबार आफ्नो न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको हो ।

प्रदेशसभा सदस्य युवराज दुलालको संयोजकत्वमा रहेको बागमती प्रदेश सरकार सञ्चालन समन्वय कार्यदलले अध्ययन र छलफलबाट तयार परेको सरकारको न्यूनतम कार्यक्रम सार्वजनिक गर्दै मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई हस्तान्तरण गरेका हुन् ।

कार्यदलले कोभिड–१९ को महामारीबाट प्रदेशवासीको जीवन रक्षा, संविधानको सर्वोच्चता, सुशासन, संघीयता कार्यान्वयनमा प्रदेश सरकारको भूमिका, गुणस्तरीय शिक्षा, आर्थिक सामाजिक रुपान्तरण, कृषि तथा उत्पादनमूखी अर्थतन्त्र, आपूर्ति व्यवस्थामा सुधार, महङ्गी नियन्त्रण र प्राकृतिक प्रकोपबाट पीडित नागरिकको पुनःस्थापना जस्ता कार्यक्रम प्राथमिकतामा राखिएको संयोजक दुलालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*