प्रदेश सभापतिमा बानियाँको उम्मेदवारी घोषणा

संवाददाता
१६ मंसिर २०७८, बिहीबार ०७:३५

 हेटौंडा \  नेपाली कांग्रेसका बागमती प्रदेशका संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले पार्टीको बाग्मती प्रदेशको सभापतिमा उम्मेद्धवारी घोषणा गरेका छन् ।  बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै बानियाँले आफ्नो उम्मेद्धवारी घोषणा गरेका हुन । बानियाँले बागमती प्रदेशको उन्नती र प्रगतिको लागि आफूले सशक्त र प्रभावकारी भूमिका निर्वाह गर्ने दावी गरेका छन् ।

उनले कांग्रेसलाई जनमुखी बनाउन र सबैलाई आफ्नो पार्टी भन्ने विश्वास दिलाउनको लागि आफ्नो उम्मेदवारी भएको बताए । नेता बानियाँले बागमती प्रदेशमा कांग्रेस जनताको भरोसायोग्य पार्टी भएको र आगामी दिनमा झनै जनताको पक्षमा खरो उत्रिने गरि आफुले काम गर्ने विश्वास दिलाए ।

उनले बागमती प्रदेशलाई कांग्रेसको नेतृत्वमा सम्बृद्ध बनाउँने आफ्नो चाहाना रहेको बाउँदै बागमती प्रदेशमा रहेका ५५ लाख जनताको सुख, सुमृद्धिको लागि आफूले दत्तचित्त भएर काम गर्ने दावी गरे ।

नेता बानियाँले महाधिवेशनमा कांग्रेसको आन्तरिक प्रतिस्पर्धा हुने भएकाले उम्मेदावारी घोषणा गरेकै भएपनि पूरानो र सक्रिय नेता आदरणिय भीमसेनदास प्रधानले आफुलाई साथ दिने विश्वास व्यक्त गरे ।

बानियाँको उम्मेदावारीमा समर्थक बनेका काभ्रेका सभापति तीर्थ लामाले इन्द्रबहादुर बानियाँलाई जुझारु नेताको रुपमा चित्रण गर्दै अत्यधिक बहुमतले जिताउन सबैलाई आग्रह गरे । उनले बानियाँलाई प्रदेश सभापतिमा जिताउनको लागि सबैले आ–आफ्नो ठाउँबाट सक्रिय भूमिका खेल्नुपर्ने भन्दै सोहीअनुसार गृहकार्यमा जुट्न पनि आग्रह गरे ।

त्यस्तै, बानियाँको उम्मेद्धवारीको समर्थक भक्तपुरका सभापति दुर्लभ थापाले पनि बानियाँ योग्य र सक्षम उम्मेद्धवार भएको भन्दै जिताउनको लागि सबैले भूमिका खेल्नुपर्ने बताए । उनले आफूहरुले धेरै लामो छलफपछि आफूहरुको समूहबाट नेपाली कांग्रेसको बागमती प्रदेश संसदीय दलका नेता रहेका बानियाँलाई प्रदेशको सभापतिमा उम्मेद्धवारको रुपमा अघि बढाएको स्पष्ट पारे । नेता बानीयाँको उम्मेद्धवारी घोषणाको समर्थनमा अर्थराज्यमन्त्री उदयशमशेर राणा, बाग्मती प्रदेशका सांसद कल्पना नेपाली, रामेछापका सभापति कान्छाराम तामाङ लगाएतका नेताहरुले बोलेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*