मउवा संघको महासचिवमा उप्रेती

संवाददाता
९ मंसिर २०७८, बिहीबार ०९:३५

 खबरबाकस \ मकवानपुर उद्योग वाणिज्य संघको विभिन्न पदहरु बाडफाडँ ग बुधबार गरिएको छ । संघको विधानको प्रावधान अनुसारका विभिन्न पदहरुमा मनोनयन गरिएको संघले जनाएको हो ।

संघको महासचिवमा दीपक उप्रेति चयन भएका छन् । सचिवहरुमा माधव ज्ञवाली, राजाराम कार्की र श्रीकृष्ण कर्माचार्य मनोनयन गरिएको छ । त्यस्तै सहकोषाध्यक्षमा निलम पाण्डे, महिला उद्यमी विकास समितिको सभापतिमा अंकिता सुमार्गी मनोनयन गरिएको छ ।

संघको रोजगारदाता परिषदको सभापतिमा संघका उपाध्यक्ष उज्वल चौलागाई, बस्तुगत समन्वय समितिको संयोजकमा संघका उपाध्यक्ष राजु अधिकारी, वस्तुगत समन्वय समितिको सहसंयोजकमा तेजराज अधिकारी र प्रदिप अर्याल, सल्लाहकारमा उत्तमप्रसाद शर्मा, कानूनी सल्लाहकारमा ईश्वरराज ढकाल र आईटी परामर्शदातामा निरज श्रेष्ठ चयन भएका छन् ।

यसअघि संघको पदाधिकारीमध्ये वरिष्ठ उपाध्यक्षमा अनिल अग्रवाल, कोषाध्यक्षमा सन्तोष कुमार अर्याल, कार्यसमिति सदस्यमा रवि कडेल शर्मा, जगदिश दहाल, विशेष आमन्त्रित सदस्यमा राजेन्द्र लामिछाने र कृष्णराज कोइराला मनोनित भइसकेका छन् ।

सल्लाहकारहरुमा हिरालाल श्रेष्ठ, श्याम सुन्दर ढकाल, अशोक शाक्य, महेन्द्र राउत, नरोत्तम दहाल, सरोज खनाल र अध्यक्ष सल्लाहकारमा विष्णु प्रसाद घिमिरे यसअघि नै चयन भइसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*