हेटौंडामा ट्रिओ इलेक्ट्रिक अटोे, विद्युतबाट सञ्चालन हुने

संवाददाता
८ मंसिर २०७८, बुधबार १८:२४

खबरबाकस \ महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडले ट्रिओ नामक इलेक्ट्रिक अटो हेटौंडामा सार्वजनिक गरिएको छ । महिन्द्रा इलेक्ट्रिक भेहिकल्स (इभी)का आधिकारिक विक्रेता अग्नि इनर्जी प्रालिले हेटौंडामा एक कार्यक्रमका बीच अटो सार्वजानिक गरेको हो ।

यातायात व्यवस्था कार्यालय हेटौंडामा प्रमुख सुरेशकुमार चापागाईको प्रमुख अतिथ्यता तथा आधिकारिक विक्रेता सेन्ट्रल अटो जोन प्रा.लिका अध्यक्ष राजेन्द्र बाटाजुको अध्यक्षतामका भएको थियो । ८ लाख ४० हजार शोरुमको मूल्यमा अटो खरिद गर्न सकिने जनाइएको छ ।

बाटाजुका अनुसार महिन्द्रा ट्रियो किन्ने ग्राहकहरूले उत्कृष्ट इन्जिनियरिङ र विश्वसनीयताबाट लाभ उठाउन सकिने बताए । विद्युतबाट सञ्चालन हुने भएकाले आकर्षक सेट, शून्य प्रदूषण र इच्छाइएका गुणहरूका साथ, ट्रिओले नेपालमा कार्यक्षमताका साथै किफायतका लागि नयाँ मानक निर्धारण गर्ने बताएका छन् ।

कार्यक्रममा जिल्ला ट्राफिक कार्यालय मकवानपुरका प्रहरी सहायक निरिक्षक दयाराम गौतम लगायत कम्पनीकाका प्रतिनिधि हिमान्सु अग्रवाल, अग्नि इनर्जी प्रालिका विक्री प्रवद्र्धक प्रमोद भण्डारी लगायत अटो चालकहरुको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*