मुख्य प्रशिक्षक अलमुताइरी नेपाल आइपुगे

संवाददाता
१४ कार्तिक २०७८, आईतवार १०:५४

काठमाण्डाै \  राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपाल आइपुगेका छन् । साफ च्याम्पियनसिपपछि माल्दिभ्सबाट कतार पुगेका अलमुताइरी हिजो बेलुका काठमाण्डौ आएका हुन् ।

अलमुताइरीलाई राष्ट्रिय फुटबल टोलीका म्यानेजर तथा एन्फा केन्द्रीय सदस्य मधुसुदन उपाध्याय लगायतले स्वागत गरेका थिए ।

अलमुताइरीले विमानस्थलमा नेपाल फर्किन पाउँदा खुशी लागेको प्रतिक्रिया दिएका छन् । अखिल नेपाल फुटबल सङ्घ एन्फासँगको छलफलपछि तीन वर्ष सम्झौता गर्नेबारे सहमति भएको छ ।

अलमुताइरीको प्रशिक्षणमा नेपाल माल्दिभ्समा भएको साफ च्याम्पियनसिपमा सहभागी भएको थियो । पहिलो पटक साफमा फाइनल पुगेको नेपाल भारतसँग पराजित हुँदै उपविजेता बनेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*