बसका सहचालक बसबाट खस्दा गम्भिर घाइते

संवाददाता
१ कार्तिक २०७८, सोमबार १४:३५

 खबरबाकस \ मकवानपुरको मकवानपुरगढीमा गुडिरहेको बसबाट खसेर सहचालक गम्भीर घाइते भएका छन्,।

सोमबार कान्तिलोकपथ अन्तर्गत मकवानपुरगढि–२ मा बकैया– १२ ठिंगनबाट हेटौडा आउदै गरेको ना ४ ख १०७४ नम्बरको बसबाट खसेर सहचालक गम्भीर घाइते भएका हुन् ।

मकवानपुरगढी –२ मोडभन्ज्याङ बस्ने १९ वर्षका वीरबहादुर गोले गम्भीर घाइते भएको मकवानपुर प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक देवेन्द्र दासले बताएका छन्।

गोलेको उपचारको लागी हेटौडा अस्पताल ल्याएकोमा थप उपचारको लागी पुरानो मेडिकल कलेज चितवन पठाएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*