बानियाँद्वारा मानव सेवा आश्रमलाई एक लाख रूपैयाँ सहयोग

संवाददाता
१ कार्तिक २०७८, सोमबार ०७:५५

हेटौंडा \  नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँले मानव सेवा आश्रमलाई आर्थिक सहयोग गरेका छन् ।
बानियाँले आफ्नो सेवासुविधाबापत प्राप्त रकममध्येबाट एक लाख रूपैयाँ मानव सेवा आश्रमलाई सहयोग गरेका हुन् । उनले सहयोग रकम आश्रमका संस्थापक केन्द्रीय अध्यक्ष रामजी अधिकारीलाई हेटौंडा आश्रममा पुगेर हस्तान्तरण गरेका छन् ।

मानवीय सेवामा अनुकरणीय काम गरिरहेको आश्रममा आश्रितहरूको सेवामा सहयोग पुगोस् भन्ने उद्धेश्यले आफ्नो सेवासुविधाबापतको रकम हस्तान्तरण गरेको बानियाँले बताए ।

उनले आश्रमले परिवारबाट विछोड भएका, मानसिक रूपमा विक्षिप्त, शरीरिक रूपमा अशक्त र सडकमा कठिन जीवन विताउने क्रममा जन्मिएका र अलपत्र भेटिएका शिशुको गाँसबास, उपचार एवं बृत्तिबिकास र पुनर्मिलनमा गरेको कार्य मानवताको उच्चतम उदाहरण भएको बताउँदै निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले आश्रम र संस्थापक अध्यक्ष रामजी अधिकारीसहित आश्रम परिवारको कामको प्रशंसा समेत गरेका थिए ।

उनले आश्रममा आश्रित अग्रजबाट टीका ग्रहणका साथै बालबालिकाहरूलाई दशैंको टीका समेत लगाई दिएका थिए । बानियाँले आश्रमलाई नियमित सहयोग गर्दै आएका छन् ।

प्रदेशसभा सदस्य बानियाँबाट प्राप्त सहयोग आश्रममा आश्रितहरूको गाँसबास र उपचारमा सदुपयोग गर्ने अधिकारीले बताए ।
बानियाँले केही दिन अघि मकवानपुरको भीमफेदी कारागारमा रहेका कैदीबन्दीलाई दशैं मनाउन ६० हजार रूपैयाँ सहयोग गरेका थिए । उनले सांसद बापत प्राप्त सेवा सुविधा सामाजिक हितमा खर्चिदै आएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*