जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

संवाददाता
२९ आश्विन २०७८, शुक्रबार ०८:२८

गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर १० पाँचतारेमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिप अनियन्त्रित भई सडकबाट ५०० मिटर तल खसेको थियो ।

गए राति भएको जिप दुर्घटना परि अन्य छजना घाइते भएका छन् । बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास जाँदै गरेको लु १ ज ४४९० नम्बरको जिप गएराति दुर्घटना भएको हो ।

दुर्घटनामा परी ज्यान गुमाउनेमा मुसिकोट नगरपालिका२ जलजलेका ७० वर्षीय क्षेत्रबहादुर थापा, सोही ठाउँका ४६ वर्षीया राधिका थापा र मुसिकोट नगरपालिका–३ चुँदारी गाउँका १९ वर्षीया सङ्गीता सुनार रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ

दुर्घटनामा परी घाइते भएकामध्ये पाँच जनालाई थप उपचारका लागि पाल्पा लगिएको छ भने एक जनाको गुल्मी अस्पतालमै उपचार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*