दसैँमा धान काट्ने चटारो, बिहानदेखी बेलुकीसम्म खेतमै किसान

मानवी बानियाँ
२६ आश्विन २०७८, मंगलवार १७:२८

हेटौंडा \  सर्वत्र दसैंको चहल पहल बढिरहेको बेला हेटौंडा उपमहानगरपालिकाका केहि स्थानीयलाई भने धान काट्ने चटारोले छोडेको छैन । उनीहरू एकाबिहानै धानको खेतमा पुग्छन, काट्छन अनि खेतैभरी विस्तार लगाएर राति अबेर पछि मात्रै घर फर्कन्छन ।

दसैं एकाआपसमा परिवारका सदस्य आफन्तजन जमघट भएर खुसीयाली मनाउने पर्व हो, तर यो दसैँमा अधिकांश किसानलाई धान काट्न ठिक्क छ । अहिले घर—घरमा दसैँ लागेको छ । घरमा विशेषत् महिला दिदिबहिनिहरु घरको सरसफाइ लिपपोतमा व्यस्त छन् । घटस्थापनादेखिबाटै प्राय घरका गृहणीहरु यो समय व्यस्त देखिन्छन् ।

तर, हेटौंडा—०६ पुतली बजार की विष्णुमाया राईलाई अहिलेसम्म पनि दसैँले छुन सकेको छैन । दसैँमा घरको काम, बजार जाने, नयाँ लुगा लगाउने भन्दा पनि उनलाई अहिले खेतमा पाकेको पहेँलाम्मै धानको बालाले यि सब कुराहरुबाट बञ्चित गरिदिएको छ । खेतभरी धान पाकेर पहेँलाम्मै भएकै कारणले उनि दुइबाट बिहानदेखि बेलुकीसम्म खेतमै व्यस्त हुन्छिन् । सोमबार पुतली बजार नजिकैको खेतमा धान काट्दै गरेको उनि । २ दिन अघिबाट धान काट्न सुरु गरेकी अब नवमिको दिन बिहिबारसम्म धान काटेर सक्ने उनको योजना छ ।

६ कठ्ठा खेतमा तीजनसय बारा नामक धान लगाएकी उनले अहिले पहेलैँपुर भएर पाकेको अवस्था छ । असारको मध्य तिर रोपेको धान तीन महिना लाग्न नपाँउदै पाकेर पहेँलैपुर भएको छ । राई भन्छिन, ‘दसैँ यो पाली लागेन खेतकै कामको चटारो छ, के गर्नु नकाटी नहुने भयो । ’ समयमै काट्ेन भने धान कालो भइ कुहिइने बताइन ।

No description available.

यो बेला पानि नपरेको मौका छोपी धान काट्ने उपयुतm समय निकालेको उनले बताइन । दसँैको भोली पल्टै काटेको धान चुट्दै भित्राउने योजना रहेको उनको भनाई छ । फेरी धान काटेको बेला पानि प¥र्यो भने सबै धान खस्ने उनि चिन्तामा छिन । भगवानलाई पुकार्दैै राइ भन्छिन, ‘ परमेश्वरी पानि नपारिदेउ धान भित्राउन जेलसम्म’ ।

हेटौंडा—१८ राजदेवीकी उमा देवकोटा यो पटक कामको छटारोका कारण दसैं मनाए जस्तो अनुभव हुन नसकेको बताउँछिन । उनले भनिन् ,‘आज फुलपातीमा खसीबोका काट्ने भएपनि राम्रोसँग मासु खाने फुर्सदसम्म नहुने प्रतिक्रीया दिइन । केहिदिन अघिसम्म निरन्तर वर्षाको कारणले बारीमा समेत सिजनको तरकारी लगाउन नपाएको सञ्जेलले दुखसो पोखिन् । अब भने यो दुई-चार दिन उपयुतm समय रहेको उनले बताइन । यो पटकको दसैं कामको व्यस्ततामै बित्ने भयो । राजदेवीको केहि स्थानहरुमा देवकोटाजस्तै अन्य मानिसहरु धान काट्ने लर्को देखिन्छन् ।

दसैंमा सँगै बस्ने पिङ खेल्ने, साथीसंगी बसेर रमाइलो गर्ने र ठुला मान्यजनबाट आर्शिवाद लिने गरिएको भएपनि यहाँ धान काट्ने कामले कसैलाई फुर्सद छैन । देवकोटासंगै काटिरहेकी अर्की सशी सञ्जेल, ‘पहिलेको दसँैंमा खाउँला, पिउँला, रमाउला, दुख बिर्साउला भन्ने हुन्थ्यो, तर यो वर्ष दसैँ आएको जस्तो अनुभव भएको छैन ।’

हेटौंडाको आसपासमा घाँस काटिसकेपछि धान भित्राउने काममा किसान व्यस्त देखिन्छन । तर गाउँघरमा भने घाँस काट्ने, लिपपोत गर्ने काम एकै पटक सुरु भइरहेको छ । गाउँघरमा आफन्त, गाउँटोलका छरछिमेकसँगै भेटघाटसम्म नहुने अहिले खेतको चटारोले देखाइसकेको छ । टिकाको दिनमा एक दुई घण्टा फुर्सद हुने गरेकोमा दिनभर काममै व्यस्त रहने सञ्जेलले देखीसकेकी बताइन ।

यहाँका स्थानीय दसैँ मनाउने भन्दा पनि काम कहिल सकाउने भन्ने चिन्तामा छन् । दसैं मनाउनका लागि भनेर देश विदेशमा गएकाहरू धमाधम फर्कदैछन, तर यहाँका स्थानीय कामको सिलसिलामा एक पटक बस्न पाउँदैन्न । सञ्जलले भनिन्, दसैंको दिनमा पनि एक घण्टा मात्रै टिका जमरा लगाउने गरिन्छ, त्यो दिनको अधिकांश समय घरायसी कामसंगै यो पाली धान चाँडै पाकेको कारणले खेतको काममा समेत व्यस्त हुने बताइन ।

संस्कृतिविद राचन्द्र आचार्य (फुर्सती बा) पछिल्लो समयमा मकवानपुर जिल्लामा दसैँ कामको चटारोमै बित्ने गरेको बताउँछन । घटस्थापनादेखि पिङ हाल्ने, चोक—चोकमा दुर्गाप्रतिमा निर्माण गर्ने चलन थियो तर अहिले जिल्लाबासीमा दसैँ प्रतिको खासै रुची देखिदैन उनले भने । जति विकास हुँदै गयो यहाँ दसैँ सहज बन्दै त गएको छ, तर कामको सिजनमा पर्ने भएकोले दसैं तिहारको अनुभुति कसैलाई हुने गरेको छैन । सस्कृतिविद आचार्य भन्छ्न, ‘यो समयमा दसैँका बारेमा बोल्ने सम्मको कसैलाई फुर्सद छैन । जिल्लाको १० वटै स्थानिय तहहरुका किसानलाई अहिले चटारो परेको छ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*