सेनेटरी प्याडको कर विषयक ज्ञापनपत्र सिडियोलाई

संवाददाता
१० आश्विन २०७८, आईतवार १८:०७

खबरबाकस \ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मकवानपुर महिला विभागद्वारा जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई ज्ञापनपत्र बुझाईएको छ । सेनेटरी प्याडमा लागेको दश प्रतिशत कर खारेजीको माग गर्दै ध्यानाकर्षण स्वरुप ज्ञापनपत्र बुझाइएको स्वइच्छा तारा दंगालले बताइन् ।

रातो कर खारेज गर , ए सरकार प्याडमा त कर नलगाईदे , रातो कर माफ गर चेली नमार ,महिनावारी रहर होइन बाध्यता हो जस्ता नारा लगाई प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई पत्र बुझाइएको थियो । हेटौंडा क्याम्पसबाट सुरु गरिएको ¥याली निकालेर प्रशासन मा पुगेको थियो ।

महिनावारी महिलाको रहर नभई बाध्यता भएको यसरी प्याडमा सरकारले कर बढाउन नहुने र सके सम्म प्याडलाई निशुल्क वितरण गर्नु पर्ने माग ज्ञापन पत्रमा उल्लेख रहेको छ । पत्र बुझ्दै प्रजिअ पाण्डेले यहाँहरुको मागलाई सम्बोधन हुने गरि माथिल्लो निकायमा पु¥याउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*