बागमतीका प्रदेश प्रमुख शर्मा अस्पताल भर्ना

संवाददाता
१० आश्विन २०७८, आईतवार १७:२४

स्वास्थ्यमा समस्या देखिएपछि बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा अस्पताल भर्ना भएका छन् ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उनको उपचार भइरहेको प्रदेश प्रमुखको कार्यालय हेटौंडाले जनाएको छ । असोज ४ गते स्वास्थ्यमा समस्या आएपछि प्रदेश प्रमुख शर्मा गंगालाल हृदयरोग केन्द्रमा उपचारका लागि भर्ना भएका थिए ।

मुटुमा समस्या भएकाले विगत ५ दिन गंगालालमा उपचार गराइरहेका उनको मस्तिष्कको नाशामा रगत जमेपछि थप उपचारका लागि शनिबार उपेन्द्र मेमोरियल न्यूरो अस्पतालमा रिफर गरिएको थियो । न्यूरोमा २४ घण्टा उपचारपछि प्रमुख शर्माको स्वास्थ्य अवस्था केही सुधार आएसँगै उपचारमा संलग्न डाक्टरको सल्लाह अनुसार आइतबार बिहान उनलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा सारिएको स्वकीय उप–सचिव पारसमणि फुयालले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*