ईपीएल खेल्न शाहिद अफ्रिदी नेपालमा

संवाददाता
७ आश्विन २०७८, बिहीबार १७:३७

काठमाडौं \  आगामी शानिबारदेखि सुरु हुने एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्नका लागि पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान शाहिद अफ्रिदी नेपाल आएका छन् ।

बिहीबार त्रिभुवन विमानस्थल झरेका उनलाई ईपीएल आयोजक टीमले स्वागत गरेको छ । नेपाल झरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अफ्रिदीले आफूले नेपालको क्रिकेट क्षेत्र माथि उठेकाे हेर्न चाहेको बताए ।नेपाल क्रिकेटलाई अझै सहयोग र सपोर्टका लागि आफूले ईपीएल खेल्ने निर्णय गरेको अफ्रिदीको भनाइ छ । साथै उनले आफूलाई नेपाल घरजस्तै लागेको र आउन पाउँदा खुसी लागेको बताए ।

व्यक्तिगत कामका कारण फर्कनुपर्ने भएकाले अफ्रिदीले दुईवटा मात्र खेल खेल्नेछन् । उनले भने, ‘मैले दुईवटा खेल खेलेर पाकिस्तान फर्कन्छु ।’ अफ्रिदीले ईपीएलमा काठमाडौं किंग्स इलावेनबाट खेल्दैछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*