थप १५६२ जनामा कोरोना पुष्टि, १९ को मृत्यु

संवाददाता
२९ भाद्र २०७८, मंगलवार १७:३९

बितेको २४ घण्टामा देशभर १५६२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने १५८९ जना संक्रमणमुक्त भएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ७९ हजार ४९२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ८७ हजार ४१३ जना पुगेको छ ।

संक्रमितमध्ये हालसम्म ७ लाख ४२ हजार ३०६ जना पुगेको छ। यस्तै हालसम्म कोरोनाबाट १० हजार ९८४ जनाको मृत्यु भएको छ भने पछिल्लो २४ घण्टामा मात्रै १९ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*