मकवानपुरमा अब सिनेमा हल, दोहोरी साँझ पनि सञ्चालन हुने

संवाददाता
२९ भाद्र २०७८, मंगलवार १७:२७

खबरबाकस \ कोरोना कहरका कारण बन्द रहेका सिनेमा हल, दोहोरी साँझ तथा पिकनिक स्थलहरु खुला रहने भएको छ । मंगलबार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले बन्द भएका हल लगायत पिकनिक स्थलहरु खुला रहने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए ।

खुला गर्न भने सम्बन्धित सञ्चालकले आवश्यक पूर्वतयारीका विधि एवं मापदण्डहरू तयार गरी जिल्ला प्रशासन कार्यालय, मकवानपुरमा पेश गर्ने र सो पश्चात् मात्र सञ्चालन गर्ने व्यवस्था रहेको पाण्डेले बताए ।

त्यस्तै, विद्यालयको हकमा भने भौतिक उपस्थिती गराउनको लागि अभिभावक र विद्यालय व्यवस्थापन समितिको सिफारिस बमोजिम शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा, २०७७ मा उल्लेखित मापदण्ड पूरा गर्ने गरी सम्बन्धित स्थानीय तहले स्वीकृत गरी सञ्चालन गरिनुपर्ने प्रजिअ पाण्डेले बताए ।

No description available.

 

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*