लुम्बिनी प्रदेश: जसपाका तीन मन्त्रीको सांसद पद मुक्त

संवाददाता
१५ श्रावण २०७८, शुक्रबार १७:२४

लुम्बिनी प्रदेश सरकारमा सहभागी  जनता समाजवादी पार्टी (जसपा) नेपालकाका तीन मन्त्रीहरु सांसदबाट पदमुक्त भएका छन् ।

प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले शुक्रबार जारी गरेको सूचनामा सन्तोषकुमार पाण्डेय, विजय बहादुर यादव र कल्पना पाण्डेय पदमुक्त भएको उल्लेख गरिएको छ ।  पार्टीले पत्र पठाएपछि प्रदेश सभाले उनीहरुको पद खारेज गरेको हो । सांसदबाट पदमुक्त भएका तीनै जना शंकर पोखरेलको नेतृत्वमा बनेको सरकारमा सहभागी हुँदै मन्त्री बनेका थिए ।

उनीहरु मन्त्री बनेदेखि नै जसपा भित्रको विवाद बाहिर आएको थियो ।लुम्बिनी प्रदेशमा जसपाका ६ जना सांसद रहेका छन् । जसमा एमालेको सरकारलाई समर्थन गर्दै तीन जना मन्त्री बनेका थिए भने ३ जना विपक्षी गठबन्धन दलतिर लागेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*